गण्डकी प्रदेशमा कोरोना संक्रमितको सम्पर्कमा आएको स्वाब संकलन

पोखरा, १० जेठ / गण्डकी प्रदेशमा दुईदिन अघि कोरोना संक्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन भएको छ ।

गण्डकी प्रदेश नवलपुरको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिए पछि उनको सम्र्पकमा आएका ६ जनाको नवलपुर स्वास्थय कार्यालयले स्वाब संकलन गरेको हो । उनको सम्र्पकमा आएका ६ जना कै स्वाब संकलन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतको गुजरातबाट जेठ १ गते नेपाल आएका उनलाई शुक्रबार बिहान कोरोना पुष्टि भएको थियो । संक्रमित पुरुष जेठ १ गते नेपाल आएपछि ३ दिन सम्म सुस्ताको क्वारेन्टिनमा बसेको विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिए ।

त्यस पछि गाउँ पालिका कै क्वारेन्टिनमा आउका उनलाई जेठ ६ गते ज्योरो आएको थियो । ज्यारो आए पछि ७ गते स्वाब परीक्षणका लागि लगिएको थियो । पोजेटिभ आए पछि भरतपुर कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म ५ जनामा कोरोना संक्रमण देखीएको छ । जस मध्ये बागलुङका दुई जना निको भएर घर फर्किसेका छन् भने दुई जनाको भरतपुर कोरोना अस्पताल चितवन र एक जना ३ बर्षिय बालकको काठमाडौंमा उपचारमा छन् ।

कमेन्टहरु
Loading...