गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, कास्कीमा देखियो कोरोना

पोखरा, २४ जेठ/ पोखरामा शनिबार थप १७ जनामा कोरोना संक्रमण देखिए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्याङजा, बागलुङ, कास्की र नवलपुरमा नयाँ संक्रमित थपिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्की ३ जना, स्याङजामा १० जना र बागलुङमा १ थप संक्रमित फेला परेका छन् । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ बर्षिय पुरुषमा र पोखरा महानगरपालिकामा ५९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसै गरि स्याङजाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ बर्षिय पुरुषमा कोरोना संक्रमण देखीएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिए । त्यसै गरी बागलुङको ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको स्वाबमा नवलपरासीको बिनय त्रिबेणी गाउँपालिकाका १८, १९ र २७ बर्षिय पुरुषमा संक्रमण देखिएको उनले बताए । नयाँ संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको उनले बताए ।

कमेन्टहरु
Loading...