गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

पोखरा, ११ असार / गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोनाको सख्या ७ सय ५३ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखराको र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हैटोडामा भएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण देखिएको हो । म्याग्दीमा ६ जना, नवलपुर र बागलुङमा २/२ जनामा र स्याङजामा १ जनामो कोरोना संक्रमण पुष्टि भएको हो ।

म्यादीको मंगला गाउँपालिकाका ४ र बेनी नगरपालिकाका १ जना पुरुष र १ जना महिला कोरोना पुष्टि भएको स्वास्थ्य निदेशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनीहरु १७ देखी ३५ वर्ष उमेर समुहका छन् । म्याग्दीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

त्यसै गरि बागलुङको गल्कोट नगरपालिकाका दुई जना पुरुष, स्याङजाको कालिगण्डकी गाउँपालिका १ जना पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकाका १ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको छ ।

नवलपुरमा १ सय ८४, बागलुङमा १ सय ४२, स्याङजामा १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ सय १३ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

कोरोनाबाट पोखरामा एक जनाको मृत्यु

पोखरामा कोराना भाइरस कोभिड १९ बाट एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियुमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

स्याङजाको सिरुवारीका ५५ बर्षिय पुरुषको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसियुको भेन्टिलेटरमा राखी उपचाररत उनको १० गते राति ११ बजेर ३५ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको आर्चायले जानकारी दिए । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।

कमेन्टहरु
Loading...