गण्डकी प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ५ सय ८८ पुग्यो

पोखरा, ८ असार /गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्याङ्जामा ३३, नवलपुरका २४, तनहुँका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नवलपुरको बुलिङ्गटार गाउँपालिकाका १४, बौदिकाली गाउँपालिकाका ८ जना र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु १८ देखी ५० बर्ष उमेर समुहका रहेका छन् ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना र गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा ८ जनामा कोरोना पुष्टि भएको हो । यो सगँ नवलपुरमा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ ।

त्यसै गरी स्याङजाको अर्जुनचौपारी गाउँपालिका ८ पुरुष र २ महिलामा कोरोना देखिएको हो । ती मध्ये ३ जना ७ बर्षिय बालक र १ जना ६ बर्षिय बालिका रहेका छन् । त्यसै गरि कालिगण्डकी गाउँपालिका २ जनामा कोरोना पुष्टि भएको हो ।  स्याङजामा कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको छ ।

सोमबार तनहुँमा ११ जनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । गण्डकी प्रदेशमा अहिले सम्म ७० जना कोरोनालाई जितेर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । सोमबार नै स्याङजामा १४ जना कोरोना जितेर घर फर्किएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

कमेन्टहरु
Loading...