गण्डकी प्रदेशमा शनिबार ४८ जनामा कोरोना संक्रमण, कास्कीमा ५ जना थपिए

पोखरा, १३ असार / गण्डकी प्रदेशमा शनिबार ४८ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सगँ गण्डकीमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप भएका नयाँ १६ जना संक्रमित भएको पुष्टि भएको हो । शनिबार बिहान ३२ जनामा संक्रमण देखिएको थियो ।

शनिबार स्याङजामा २८ जना, बागलुङमा ८ जना, नवपुरमा ७ जनामा र कास्कीमा ५ जनामो कोरोना संक्रमण देखीको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङको ढोरपाटन नगरपालिका १ जना, काठेखोला गाउँपालिका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसै गरी स्याङजाको पुतलीबजार नगरपालिकामा १ जना, विरुवा गाउँपालिकामा १ जना, अर्जुनचौपारी गाउँपालिकामा १ बर्षिय बालब एक जना सहित १३ जना पुरुष र ६ जना महिला र वालिङ नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

कास्कीका पोखरा महानगरपालिका ५ जना महिलामा देखिएको हो । उनीहरु ३० देखि ४० बर्ष उमेर समुहका छन् ।

त्यसै गरि नवलपरासीका हुप्सेकोट गाउँपालिकाका २ जना पुरुषमा कोरोना देखिएको हो । यो सँगै नवलपुरमा संक्रमितको संख्या २ सय १७ पुगेको छ । बागलुङमा १ सय ५१, स्याङजामा १ सय ६४, तनहुँमा १ सय २, पर्वतमा ७०, गोरखामा ७७, कास्कीमा ४०, म्याग्दीमा १४, लमजुङमा १७, मनाङ र मुस्ताङमा १/१ जनामा कोरोना संक्रमण देखि सकेको छ । गण्डकीमा अहिले सम्म १ सय १८ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...