गण्डकी प्रदेशमा कोरोना (कोभिड–१९) का २५९ जना स्वाब परीक्षण

पोखरा, २७ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का बुधबार सम्म २५९ जनाको परीक्षण गरेको छ । परीक्षण गरेका मध्ये १२२ वटाको रिर्पोट आउन बाँकी छ ।

२५९ जनाको मध्ये १ सय ३५ जनाको नेगेटिभ, २ को पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

पोजेटिभ दुई जना नै बागलुङका रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ ।

उनीहरु बेल्जियमबाट ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं पोखरा हुदै बागलुङ पुगेका थिए । कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।

कमेन्टहरु
Loading...