गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण, गोरखामा देखियो कोरोना

पोखरा, २५ जेठ/ पोखरामा शनिबार थप ३८ जनामा कोरोना संक्रमण देखिए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ । आइतबार बिहान स्याङजा, बागलुङ, गोरखा र नवलपुरमा नयाँ संक्रमित थपिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा स्याङजामा १४ जना, बागलुङमा, गोरखामा १०÷१० जना र नवलपुरमा ४ जनामा संक्रमित थपिएका छन् ।

स्याङजाको वालिङ नगरपालिका र भिरकोट गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखी ४५ वर्ष सम्मका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी बडिगाड गाउँपालिका, ढोपाटन नगरपालिकाका १७ देखी ४२ बर्ष सम्मका क्वारिन्टाइनमा बसेकालाई संक्रमण देखिएको हो । गोरखामा पहिले पटक संक्रमण देखीएको छ । गोरखाको पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकाको क्वारेन्टिनमा रहेका २० दखी ४५ वर्ष उमेर समुहका पुरुषलाई देखिएको शर्माले जानकारी दिए ।

त्यसै गरी हुम्सेकोट गाउँपालिकाका २० देखी ४५ वर्षिय पुरुषमा देखिएको छ । संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको उनले बताए । गण्डकी ११ जिल्ला मध्ये ९ जिल्लामा कोरोना देखिएको छ ।

कमेन्टहरु
Loading...