गण्डकी प्रदेशमा कास्कीमा १ सहित थप १८ जनामा कोरोना संक्रमण

पोखरा, २ असार / गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । गोरखामा १० जना, स्याङजामा ४ जनाा, नवलपुरमा २ जना र कास्की र बागलुङमा एक एक जनामा कोरोना पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा करिब ३ सय जनाको परीक्ष हुदाँ १८ जनामा संक्रमण देखिएको हो । गोरखाको गोरखा नगरपालिकाका २१ देखी ५३ वर्ष सम्मका ७ जना पुरुष र ३१ वर्षकी १ जना महिला, बारपाक सुलिकोट गाउँपालिकाका दुई जना पुरुषमा देखिएको स्वास्थ्य निदेशनालय गण्डकी निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी नवलपुरको बिनयत्रिबेणी गाउँपाकिका १८ बर्षिय पुरुष र मध्यविन्दु नगरपालिकाका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसै गरि कास्कीको पोखरा महानगरपालिकाका २१ बर्षिय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ बर्षिय १ जना पुरुषमा कोरोना देखीएको उनले बताए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय २३ पुगेको छ । अहिले सम्म गण्डकीमा १६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...