गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, गण्डकीमा १०९१ पुग्यो

पोखरा, २१ असार/ गण्डकी प्रदेशमा आइतबार बिहान थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए सगँ गण्डकी प्रदेशमा संक्रमितको संख्या १०९१ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा गण्डकी प्रदेशका २ जिल्लामा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

तनहुँमा २ र बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सगँ तनहुँमा १ सय ३८ जना र बागलुङमा २ सय २ जनामा अहिले सम्म कोरोना संक्रमण देखिएको छ ।

आइतबार बिहान तनहुँको व्यास नगरपालिकामा ६ बर्षिय बालकमा र शुक्लागण्डकी नगरपालिकाका २८ बर्षिय पुरुष, बागलुङको कोठेखोला गाउँपालिकाका २४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको शर्माले बताए ।

गण्डकीमा अहिले सम्म २ सय ९६ जना कोरोना जिते घर फर्किएका छन् भने ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...