गण्डकी प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि, १०१७ पुगे, कास्कीमा ९ जना थपिए

पोखरा, १६ असार/ गण्डकी प्रदेशमा मंगलबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १७ पुगेको छ ।

गण्डकी प्रदेशको कास्कीका ९ जना, तनहुँका ६, स्याङ्जाका ४ जना, लमजुङका ३, गोरखा, बागलुङ म्याग्दीमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रक्वता जागेश्वर गौतमले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म १ सय ३१ जना निको भएर घर फर्किएका छन् भने अहिले सम्म २ जनाको मृत्यु भएको छ ।

पोखराका ६ संक्रमितमध्ये ४ जना साउदी अरब, १ जना कुवेत र १ जना युएईबाट आएका हुन् । संक्रमित ६ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखीएको छ । संक्रमित ६ जना वडा नम्बर ३, १२, १३, १७, २१ र २७ का हुन् ।

अर्का एक पुरुष माछापुच्छ्रे गाउँपालिकाका र एक जना मादी गाउँपालिकाका हुन् । माछापुच्छ्रे गाउँपालिकाका पुरुष भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए । उनको स्वाब असार १३ गते गाउँपालिकामै संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको उनले जानकारी दिए । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण भएको उनको भनाई छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना डिस्चार्ज भएका छन् ।

कमेन्टहरु
Loading...