प्रदेशका प्रांगरिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने

पोखरा, २७ साउन /गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएको छ । यसका लागि भुमि व्यवास्था कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इनभेष्टमेण्ट कम्पनीवीच सोमबार सम्झौता भएको छ ।

मन्त्रालयको तर्फबाट सचिव दुर्गा प्रसाद ढवाडी र ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देबमान हिराचनले सम्झौता पत्रमा हस्ताक्षार गरेका छन । सम्झौता अनुसार प्रदेशका किसानहरुले उत्पादन गर्ने प्रांगरिक कृषि समाग्री देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ ।

कृषि सम्वन्धी नया विधि तथा प्रविधिका विषयमा ग्लोबल क्यापिटलले सहयोग गर्नेछ । यसको समन्वय मन्त्रालयले गर्नेछ । भुमि व्यवास्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले सम्झौताले किसानको उत्पादन विक्री नहुने समास्या अब नरहने बताए । उनले ग्लोबल क्यापिटलसंग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने जानकारी गराउदै सम्झौता प्रांगारिक बजार प्रसोधन र प्रर्वद्धनमा महत्वपुर्ण कदम बनाएको बताए ।

कृषिमा रसायानिक बस्तुको प्रयोेगलाई निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको निति अनुसार नै सम्झौता भएको समेत उनले प्रष्ट्याए । ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देब मान हिराचनले प्रांगरिक उत्पादनको माग आज धेरै देशबाट भैरहेको भन्दै प्रदेशको उत्पादनको बजारमा पु¥याउन चाहिरहेको बताए । उनले मिलेर अगाडि बढेमा मात्र यो सम्झौताको औचित्य पुष्टि हुने भन्दै कृषिमा नया प्रविधि प्रदेशका किसानलाई सिकाउन समेत आफुहरु तयार रहेको बताए ।

देशमा एक सय ५० बर्षदेखि एकै तारिकाको विधिमा कृषि निर्भर रहेकोले यसलाई सवै मिलेर परिवर्तन गर्नुपर्ने हिराचनको भनाई छ । कृषि मन्त्रालयले गरेको यो छैठौ एमऔयु सम्झौता हो । यसअघि चिनिया कम्पनी, कृषि विकास वैंक प्रदेश कार्यलाय, कृषि बन विज्ञान क्याम्पस रामपुर, लिवर्ड र नापी विभागसंग विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरि एमओयू सम्झौता मन्त्रालयले गरिसकेको छ ।

कमेन्टहरु
Loading...