गलेश्वर युवा क्लवको रक्तदानमा ७० युनिट रगत संकलन

पोखरा २१ असोज /पोखरा १५ मा रहेको गलेश्वर युवा क्लवले बिजयादशमी तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा खुल्ला रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा वोल्दै शसस्त्र प्रहरी वल तालिम महाविद्यालय लामपाटनका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक कबिन्द्रमान श्रेष्ठले रक्तदान कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्र्रदान गर्ने भएकाले बिजया दशमी जस्तो महान पर्वको अवसर पारेर यस्ता सामाजिक कार्य गर्नु श्रहानिय काम भएको वताए ।

सो अवसरमा गलेश्वर युवा क्लवले सञ्चालन गरेको तेश्रो रनिङ शिल्ड सेभेन ए साइड फुटवल प्रतियोगिताको बिजेतालाई शिल्ड, प्रमाणपत्र र मेडल समेत बितरण गरिएको थियो । रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका ब्याक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

क्लवका अध्यक्ष आशिष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मीना गुरुङ र ललित बहादुर घर्तीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...