फोनिज १८ औ स्थापना दिवस पोखरामा पनि मनाइयो

पोखरा २७ साउन /आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १८ औ स्थापना दिवस पोखरामा पनि मनाइएको छ । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले स्थापना दिवसको अवसर पारी पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आदिवासी जनजातिहरुले जनजातिलाई पत्रकारितामा ल्याउन ठूलो भुमिका भएको वताउदै समग्र जनजातिलाई समेटेर अगाडी वढ्न समेत आग्रह गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुष्मा पौडेलले फोनिजले आदिवासी जनजातिकोमात्र नभइ अन्य समुदायलाई समेत सञ्चार माध्याममबाट उजागर गर्न अभिप्ररित भइरहेकोमा आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार रामकृष्ण ज्ञवालीले फोनिजले स्थापना कालदेखिनै जनजाति पत्रकारहरुलाई सञ्चारमाध्याममा आवद्ध गराउने मात्र नभइ सञ्चारको विभिन्न तह र तप्कामा जनजाति पत्रकारहरुलाई स्थापित गराउन अग्रसर रहेकाले यसलाई निरन्तरता दिन आग्रह गरे ।

आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एम बी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मा लगायतले वोलेका थिए । फोनिजका कोषाध्यक्ष उमा आलेले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिती सदस्य छवि मगरले स्वागत मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...