पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारहरु सम्मानीत

पोखरा, १६ चैत/प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धिका लागि सबैको साथ आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई पुरस्कार अर्पण समारोहमा चुड्कीको भरमा विकास नभै विधि र प्रक्रिया अनुसार नै विकास हुने बताए ।

उनले प्रदेशको अधिकारलाई केन्द्रले हस्तक्षप गर्नु नहुनेमा जोड्दिए । विकास भनेको प्रदेशमा हुन्छ, महानगरमा हुन्छ, नगरपालिका, गाउँपालिकामा हुन्छ र वडामा हुन्छ स्थानीय स्तरको विकासको जिम्मा प्रदेशमा नै हुुनु पर्नेमा जोड्दिए ।
सांसद सुर्य बहादुर केसीले नेपाली जनतालाई जातीका नाममा जुदाएर युयुले नेपालीमा जातीय द्धन्द ल्याउन खोजेको आरोप लगाए । उनले नेपालीहरु सबै भाषा, जात र धर्मका मिलेर बसेको बताउदै युयुले भड्काउने खोजेको बताए ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसरमा शुक्रवार विशेष कार्यक्रम आयोजना गरि संचारकर्मी लगायत महासंघलाई विभिन्न समयमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४ वाट प्रेस स्वतन्त्रता सेनानी पत्रकार वद्री विनोद प्रतीक, पोखरा पत्रकारिता सम्मानवाट वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्सायन, पोखरा पत्रकारिता संस्थागत सम्मानवाट पोखरा लेखनाथ महानगरपालिका कार्यालय र जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ वाट रुद्र श्रीसमगर र २०७४ बाट रन्जन अधिकारी क्षेत्रीलाई पुरस्कार अर्पण गर्ने गरेका थिए । उनीहरुलाई दोसल्ला, माला, अबिर र नगद पुरस्कारले प्रदान गरिएको हो ।

त्यस्तै महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न वनाउन सहयोग पुर्याउने व्यक्तित्वहरु विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र ईन्जिनियर महेन्द्रवहादुर गोदारलाई कार्यक्रममा विशेष सम्मान गरेको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...