पत्रकार महासंघ कास्कीमा नाराबाजी सहित तालाबन्दी

पोखरा, ७ बैशाख/नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा तीन ठूला पत्रकार संगठनले भागबण्डा गरेको भन्दै पत्रकार महासंघ कास्कीमा अन्य संघगठनले नाराबाजी सहित तालाबन्दी गरेका छन् ।

पत्रकार महासंघ कास्कीको कार्यालयमा स्वतन्त्र पत्रकार महासघ, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र नेपाल प्रेस सोसाइटीले तालाबन्दी गरेका हुन् ।

उनीहरुले निर्वाचनको वैधतामा प्रश्न उठाउँदै तत्काल सबैसँग छलफल गरी निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनीहरुले भागवण्डाका नाममा तीन ठूला संगठनको सिण्डिकेट खारेज हुनुपर्ने माग राखे ।

कमेन्टहरु
Loading...