पत्रकार माथिको दुव्र्यवहार प्रति महासंघको भत्र्सना

पोखरा, २५ पुस /नेपाल पत्रकार महासघं कास्की सदस्य तथा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति नेपाल पत्रकार महासघं कास्कीकले शाखाले भत्र्सना गरेको छ ।

चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्धयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष तथा प्राध्यापक डा. बद्री पौडेलले हातपात र दुव्र्यवहार गरेको तथा क्यामेरा तोडफोड गर्ने प्रयास गरेकाले दोषीलाई कारवाहीको माग नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी नेपाल प्रेस संगठन कास्कीका नेताद्धय माधव बराल र सन्देश श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको अभद्र व्यवहार सह्य नभएको र प्रशासनले दोषीलाई कानुन अनुसार कारवाही गरि निर्भिकताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन विज्ञप्तीमा माग गरिएको छ ।

कमेन्टहरु
Loading...