पत्रकार महासंघ कास्कीको मिडिया अनुगमन सुरु

पोखरा २७, कात्तिक/ नेपाल पत्रकार महासंघ कास्की शाखाले मंगलबार  देखि कास्कीमा मिडिया अनुगमन सुरु गरेको छ । कास्कीमा रहेका पत्रकार तथा विभिन्न संचार माध्यमको अबस्था बारे जानकारी लिदै पत्रकारको न्यूनतम पारिश्रमिको अबस्था बुझ्न र न्यूनतम पारिश्रमि लागु गर्न दबाद दिन पनि महासंघले मिडिया हाउसमा अनुगमन गरिएको महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

मंगलबार कास्कीका १३ वटा विभन्नि संचार माध्यमहरुमा पुगेर टोलीले मिडिया हाउस र पत्रकारको न्यूनतम पारिश्रमिको अबस्था बारे जानकारी लिएको अध्यक्ष श्रेष्ठले जनाए । अनुगमन गर्दा केहिमा राम्रो, केहिमा सन्तोस जनक र केहिमा सुधार गर्नुपर्ने अबस्था देखिएको उनले बताए ।

महासंघले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षहरुसंग एकै ठाँउमा राखेर पनि छलफल तथा अन्तरकृया समेत गर्ने अध्यक्ष श्रेष्ठले जनाए । पत्रकारको न्यूनतम पारिश्रमि लागु गर्न सहजीकरण गर्न पनि महासंघ तयार रहेको उनले जनाए ।

अनुगमन समितिका संयोजक एंव महासंघ कास्कीका पुर्व अध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वमा टोलीले अनुगमन गरेको हो । टोलीमा महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठ सहित महासंघका केन्द्रिय सदस्य एवं कास्की सल्लाहकार रामकृष्ण ज्ञवाली, सल्लाहकार द्धय वद्रीविनोद प्रतिक र रमेश पौडेल, महासंघ कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सिना, सहसचिव दीननाथ बराल, सदस्य प्रकाश ढकाल, सुरज श्रेष्ठ, पत्रकार भरत कोईराला लगायतको सहभागिता रहेको थियो ।

टोलीले समाधान, पोखरा पत्र, आर्दश समाज र हिमदुत राष्ट्रिय दैनिक पत्रिकामा अनुगमन गरेको हो । त्यसै गरी टोलीले फेवा टेलिभिजन, गण्डकी, गोल्डेन आई र पोखरा टेलिभिजनमा अनुगन गरेसंगै पोखराका ५ वटा एफ. एफ.मा समेत अनुगमन गरेको हो । टोलीले रेडियो अन्नपुर्ण, तरङग, गण्डकी, थ्रि–एन्जल र रेडियो बाराहीमा समेत अनुगमन गरेको हो ।

कमेन्टहरु
Loading...