फिस्टेलमा उत्प्रेरणा तालिम र हस्तलेखन प्रतियोगिता

पोखरा , ४ जेठ /पोखराको पार्दी्स्थित फिस्टेल एकेडेमी मा बि ले उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । कक्षा नौ र दसका विद्यार्थीहरुलाइ लक्षित गरिएको तालिममा विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर सफल बन्न विद्यार्थीले अपनाउने विषयमा प्रखर प्रशिक्षक माइण्ड क्यामेष्ट्रि रिसर्च पर्सन, स्कुल अफ ह्याप्पीनेसका संस्थापक एवं इन्टरनेशनल मोटिभेसनल स्पीकर हरी सिटौलाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक सिटौलाले माध्यमिक तहका विद्यार्थीमा देखिने मनोवैज्ञानिक अवस्थाहरुलाई सहज रुपमा आत्मसात गरेर जीवनलाई कसरी सफलता उन्मुख बनाउन सकिन्छ र खुशी जीवनयापन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । विद्यालयका प्राचार्य बुद्धिमोहन पौडेलले बिध्यार्थिहरुलाई आफ्नो मिहिनेतलाई निखारेर आफ्नो चारित्रिक र बिषयगत दक्षता बृद्दी गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए ।

विद्यार्थीलाई सहि समयमा सहि निर्णय गर्न उत्प्रेरणमूलक तालिमले सहयोग पुर्याउने उनको भनाइ थियो । सह –प्राचार्य दुर्गा प्रसाद न्यौपानेले प्रशिक्षणमा सिकेका कुरालाई ग्रहण गरेर सफलताको बाटो पहिल्याउन विद्यार्थीलाई आग्रह गरे । तालिममा सहभागी कक्षा १० का छात्र दिवस रानाभाट र कक्षा नौ की छात्रा प्राप्ति लम्सालले प्रशिक्षणबाट क्षमताको पहिचान गरि सफलताको बाटो तर्फ कसरि उन्मुख बन्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण उपयोगी भएको बताए ।

त्यस्तै, सो विद्यालयले विभिन्न तहमा हस्तलेखन प्रतियोगिता समेत सम्पन्न गरेको छ ।प्रतियोगितामा नेपाली विधातर्फ कक्षा तीन र चार समुहबाट अमिस पौडेल ,प्रतीक्षा सेवा ,सुगम बराइली ,र समिका आचार्य कक्षा पाँच र छ समूहबाट लिजा गुरुङ ,एलिसा पौडेल र सम्ब्रिदी पौडेल कक्षा सात र आठ समुहबाट सृस्ती थापा ,दक्षिणा पौडेल र स्नेहा के सी एबम कुसुम राना मगर ,कक्षा नौ र दस समुहबाटरचना गुरुङ ,कशिस गुरुङ र स्नेहा तिमिल्सिना क्रमश पहिलो ,दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

यसैगरी अंग्रेजी विधातर्फ कक्षा तीन र चार समुहबाट प्रवेश भुजेल ,आयुष बराल र खुशी राना कक्षा पाँच र छ समूह बाट सम्ब्रिदी पौडेल ,अदिति रानाभाट र तिया थापा कक्षा सात र आठ समुहबाट दक्षिणा पौडेल,सृस्टी थापा र क्रिस्टिना थापा एबम अश्मी नेपाली कक्षा नौ र दस समुहबाट रचना गुरुङ, संस्कृती थापा र त्रिशला गुरुङ एबम क्रिस्टीना ढकाल क्रमश पहिलो ,दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएको बिद्यालयका प्रशासक​ ध्रुब अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...