माइत छोडेर महिला फिर्के–बुलौदी सरसफाइमा, डा. गोविन्द केसी पनि सहभागी

पोखरा, १८ भदौ/तीजको बेलामा माइती जान छोडेर महिलाहरु फिर्के–बुलौंदी खोला सफाइ अभियानमा सहभागी भएका छन् । तीजको अघिल्लो दिन शनिबार दरखाने दिन भए पनि अभियान सफल पार्न उनीहरु रिमझिम वर्षाका बाबजुद पनि अभियानको १४ औं श्रृंखलामा सहभागी भएका हुन् ।

माइत छोडेर महिला फिर्के–बुलौदी सरसफाइमा, डा. गोविन्द केसी पनि सहभागी
माइत छोडेर महिला फिर्के–बुलौदी सरसफाइमा, डा. गोविन्द केसी पनि सहभागी

कार्यक्रममा महिला समन्वय समिति पोखरा ७ अन्तर्गतका मासबार आमा समूह, महिला विकासका लागि आमा समूह, घारीपाटन आमा समूह, महिला क्लब पोखरा, स्वास्थ्य स्वयंसेविका समूह, प्रतिभा मिलन आमा समूह पोखरा–८ को सक्रियता सहभागिता थियो ।

यस्तै, निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन कास्की एवं निजामती दिवस आयोजक समिति कास्की, डिज्नील्याण्ड एकेडेमी मासबार, मदरल्याण्ड उच्च मावि मासबार, श्रीकृष्ण मावि मासबार, लिटिल स्टेप उच्च मावि फिर्के, जनप्रिय उच्च मावि सिमलचौर र टोल विकास संस्था वडा समन्वय समिति पोखरा ७ ले ऐक्यवद्धता जनाएका थिए ।

अभियानमा मिलनचोक पोखरा ७ स्थित फिर्केखोलाको १ किमी दुरीको करिब १२ टन फोहोरमैला संकलन भएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । कार्यक्रम सुरुवातमा क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीले अभियन्ताहरु, स्वयंसेवक र उपस्थित सहभागीलाई सपथ ग्रहण खुवााए ।

सफाइ अभियानका लागि डिज्नील्याण्ड एकेडेमी मासबारबाट ७ वटा डोको र सेफ्टी ग्लोब २० जोर, लिटिल स्टेप उच्च मावि फिर्केबाट ११ वटा डोको, डिस्पोजल ग्लोब र मास्क ४ दर्जन, मदरल्याण्ड उच्च मावि मासबारबाट ४ सय जोर टे«ड युनियनबाट १ सय जोर डिस्पोजल ग्लोब र मास्क क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रतिभा मिलन आमा समूह र मदरल्याण्ड उच्च माविका तर्फबाट पिउनेपानी व्यवस्था गरिएको थियो । कार्यक्रममा सुरक्षा निकायका क्षेत्रीय प्रमुखहरु, सहक्षेत्रीय प्रशासक दिवाकर बास्तोा, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, राजनीतिकर्मी, नेपाल स्काउट, मुक्तिनाथ विकास बैंकका कर्मचारी, डा. गोविन्द केसी लगायत स्थानीय टोलबासीको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा सहक्षेत्रीय प्रशासक बास्तोलाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...