ज्यान मारा पुल

सागर राज तिमिल्सिना
पोखरा, १६ फागुन /पोखराको जिरो किलोमिटर देखि विन्ध्यबासिनी सम्मको सडक फराकी भएको छ । बाटो फराकिलो हुदाँ गाडी र मोटरसाइकलको गति पनि तिब्र छ । तर पोखरा लेखनाथ महानगरपालिकाको वडा ५ र ४ जोड्ने पुल भने सानो हुदाँ दिनहु जसो दुर्घटना हुने गरेको छ । अहिले सम्म कतिको त ज्यान नै गइसकेको छ । मंगलबार राती पोखरा लेखनाथ महानगरपालिका ४ फिर्केपुलमा मोटर साइकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राती साढे ११ बजे ग११प ६१२३ नम्बरको मोटरसाइकल पुलमा ठक्कर खादा चालक पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मुत्यु भएको हो । घाइते पहारीको उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । मोटर साइकको पछाडी बसेका पोखरा २५ हैम्जाका २८ बर्षिय बिमल थापा घाइते छन् । उनलको हात, खुट्टा र शरिरमा चाट लागि सिरीयस अवस्थामा अस्पतालमा उपचाररत छन् ।

त्यसै गरि पुष १० गते राती साढे ११ बजेको समयमा सोही पुलमा दुर्घटना हुदाँ तिलक बहादुर थापाको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । थापाले चलाएको बा ३९ प ३०१२ नम्बरको दुर्घटना हुंदा घाईते भई उपचारको क्रममा मृत्यु भएको उनले बताए । उनले पछिल्लो तीन महिनामा यो क्षेत्रमा ४० भन्दा बढि साना ठुला दुर्घटना भएको बताए । उनले सडक फराकी र पुल सागुरो हुदा दुर्घटना भएको बताए । उनले सडकमा पनि फराकीलो भए पछि अन्त्र पनि दुर्घटना हुने गरेको बताए ।

कमेन्टहरु
Loading...