फिर्केखोला घटनाप्रति मेयर मानबहादुर जिसीद्वारा दुःख व्यक्त

पोखरा, २ असार /पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको दुबै किनारमा फुटट्र्याक निर्माणको शुभारम्भ गर्न शुक्रबार आयोजित कार्यक्रम क्रममा भएको दुर्घटनाप्रति पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले दुख व्यक्त गरेका छन् ।

मेयर जिसीले शनिबार विज्ञप्ति निकालेर फुटट्र्याक निर्माणको शुभारम्भ गर्ने क्रममा असावधानीबस एक्कासी एक्साभेटरको बकेट चलेर भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका हुन् । विज्ञप्तिमा घटनामा घाइते भएका पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, नगरबासी गौरी पौडेल, केशव बरालको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

घाइतेलाई प्रत्यक्ष सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिइएको र महानगरपालिकाले आवश्यक उपचारको सम्पूर्ण व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ । हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्र्याक निर्माणको शुभारम्भ गर्दा अपनाउने पर्ने पर्याप्त सावधानी नपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना घटेको स्पस्ट पार्दै विज्ञप्तिमा जिसीले नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।

‘सोच्दै नसोचेको र अकल्पनीय घटना भएको छ,’ मेयर जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले एउटा पाठ सिकाएको महसुसगर्दै यो दुर्घटनालाई सोही रुपमा बुझिदिन नगरबासीमा अनुरोध गर्दछु । ’

कमेन्टहरु
Loading...