फेवाताल संरक्षणप्रति सौराहा बासीको चिन्ता

पोखरा, १ पुस / फेवाताल संरक्षणमा सर्वसाधारणको चासो बढ्दै गएको छ । पोखराकै गहनाको रुपमा रहेको फेवाताल सरंक्षण गर्न सरोकार निकायको ध्यानाकर्षण समेत गरिएको छ । यही पुस १२ गतेदेखि पोखरा सडक महोत्सवको २१ औं सस्करण हुदैं छ ।

सडक महोत्सवको प्रचारसँगै निम्तो बाड्दै हिडेको रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखराको टोलीसँग फेवाताल संरक्षण गर्ने तर्फ ध्यान दिन चितवनका सञ्चारकर्मीले आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमै रेबानका पदाधिकारीलाई महोत्सवसँगै फेवाताल संरक्षण गर्ने ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

‘महोत्सवसँगै फेवाताल संरक्षण गर्न तपाईहरुको भूमिका के–कस्तो छ ?’ सञ्चारकर्मीले रेबानका पदाधिकारीसँग प्रश्न गर्दै भने–‘महोत्सवमा हुने फोहोरको व्यवस्थापन कसरी गरिन्छ ।’ सञ्चारकर्मीका जवाफ दिदैं रेबान पोखराका पुर्व अध्यक्ष एवं सडक महोत्सवको प्रचारात्मक अभियानका संयोजक सुर्य भुजेलले भने–‘ताल संरक्षण गर्न रेबानको पनि दायित्व हो । रेबानले सडक महोत्सवबाट ताल संरक्षणको लागि वर्षेनी आर्थिक सहयोग जुटाउँदै आएका छौं । तालबाट जलकुम्भी झार फाल्न दुईवटा डुंगालाई प्रयोग गर्दै आएका छौै ।’

सडक महोत्सवमा लाखौं सर्वसाधारण पोखराको लेकसाईड क्षेत्रमा उपस्थित हुन्छन् । भीड व्यवस्थापनसँगै निस्किने फोहोरलाई महानगरपालिकासँग सहकार्यमा व्यवस्थापन गर्दै आएको उनको भनाई थियो । ‘ताल संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने पर्यटन व्यवसायीहरु गम्भीर छन् । त्यसमा सरकारी निकायले संरक्षणमा गम्भीर ध्यान दिन जरुरी छ ।’ भुजेलको भनाई थियो । फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले नै पोखरा महानगरपालिकालाई निर्देश गरिसकेको छ । यद्यपी ६५ मिटरको मापदण्डको विवाद कायमै छ ।

तलमा वर्षेनी मौलाउँदै आएको जलकुम्भी झार फाल्न रेबानसँगै अन्य संघसंस्थाले सहयो गर्नुपर्नेमा जोड दिए । ‘रेबानले सरसफाईमा विशेष ध्यान दिएको छ । अन्य संघ संस्थाले पनि सहयोग गर्नुपर्छ । महानगरपालिकाको सरसफाई अभियानमा सहकार्य गर्न तयार छ ।’ उनको भनाई थियो । दिउँसो र साँझ गरिएको फोहोरलाई विहान सरसफाई गरिने उनले बताए । ‘दिउँसो र साँझ सर्वसाधारणले गरेको फोहोरलाई विहान उज्यालो नहुदैं सडकबाट उठाईसक्छौै ।’ उनले भने–‘त्यो मात्रै नभई सडक वारपार झुण्ड्याईको व्यानर एवं ध्वजा पतका महोत्सवको दुईदिनभित्रमा सबै उठाईसक्छौै ।’

ताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा छ । वर्षेनी पुरिदैं गएको छ । फेवातालको संरक्षण गर्न सिल्टेसन पोखरी निर्माण शुरुसँगै संरक्षण हुने आशा र विश्वास गरिएको छ । पोखरा महानगरपालिकाले दुई फरक कम्पनीलाई पाँचवटा सिल्टेसन पोखरी निर्माण गर्ने सम्झौतासहित जिम्मेवारी दिईसकेको छ । फेवातालमा हर्पन खोला, अँधेरी खोला, लौरुक र बेतनी खोला मिसिन्छन् ।

विभिन्न ठाँउबाट बगेर आउने खोलाले वर्षायाममा बाढी पहिरोसहित तालमा मिसिन्छ । वर्षेनी ती खोलाबाट १ लाख घनमिटर सिल्ट तालमा जम्मा हुने महानगरपालिकाको तथ्यांक छ । ‘एक वर्षमा एक लाख घनमिटर सिल्ट(ढुंगा, माटो, बालुवा) तालमा जम्मा हुन्छ’ पोखरा महानगरपालिकाका बातावरण इन्जिनयिर नविन गौतमको भनाई थियो –‘खोलाको दायाँ वायाँ ३ मिटरको दरले पुरिदैं गएको छ ।’

फेवाताल संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यसहित महानगरपालिकाले गण्डीक प्रदेश सरकारसँगको समन्वयमा झण्डै २९ करोडको लागतमा पाँच वटा पोखरी निर्माण गरिने छ । तालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा सिल्टेसन पोखरी निर्माण गरिने उनले बताए । घाँटीछिना, अँधेरी खोलामा ठुला र लौरुक तथा बेतनी खोलामा साना पोखरी निर्माण गर्ने योजनासहित काम अघि बढाईएको महानगरपालिकाले जनाएको छ ।

घाँटीछिना र अँधेरी खोलामा १ सय मिटर लम्बाई र १ सय मिटर चौडाईको ४ मिटर गहिराईको पोखरी निर्माण गरिने छ । लौरुक र बेतनीमा भने ५० मिटर लम्बाई र ५० मिटर चौडाईको पोखरी बनाईने छ । बेतनीमा भने दुईवटा पोखरी बनाईने सम्झौता गरिएको छ । फेवातालको मुख्य समस्याको रुपमा रहेका ती खोलाको बाढी नियन्त्रण मुख्य चुनौतिको विषय बन्दै आएको थियो । पोखरी निर्माणले फेवाताल पुरिने खतराको न्युनिकरण हुने छ ।

कमेन्टहरु
Loading...