फेवातालमा आउने माटो रोक्न पाँच ठाउँमा सिल्टेसन ड्याम

पोखरा, ९ पुस / फेवाताल संरक्षणका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फेवातालका मुहानमा सिल्टेसन ड्याम निर्माणका काम थालेको छ ।

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा २४ बेतयनी खोलामा निर्माण हुने ड्यामको सिलन्यास गरे । फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ पामे स्थित बेतयनी खोला एक र दुई, लौरुक खोला, पोखरा २३ र २४ को अधेरी खोला र पोखरा २३ स्थित हर्पन खोला घाँटीछिना गरि ५ ठाउँमा चेकड्याम बनाए र सिल्टपोखरी निर्माण गर्ने पोखरा महानगरपालिकाका इन्जिनियर सारदामोहन काफ्लेले जानकारी दिए ।

सिल्टेसन ड्याम
सिल्टेसन ड्याम

बेतयनी खोला आयोजनाको स्याङ्जाको श्री गीता र जयनेपाल इश्वर जेभी, लौरुक खोला, अधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना खड्का कृष्ण र पि.के जेभी दाङले निर्माण गर्ने छन् । १५ महिना भित्र काम सम्पन्न गर्ने गरि २८ करोड १६ लाख हजार रुपैयामा दुई निर्माण कम्पनीले जिम्मा लिएका हुन् ।

पाँच ठाउँमा सिल्टेसन ड्याम निर्माण पछि प्रत्येक वर्ष ५ लाख मेट्रिक टन ढुङगा बालुवा निकाल्न सकिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । उनले त्यसलाई विक्रि गरे बार्षिक २३ करोड आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

सिलन्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सिमाङकन छिटै हुने बताए । उनले संघिय समितिले काम गर्न ढिलाई गर्दा फेवातालको संरक्षणका काम आगडी बढ्न नसकेको बताए । उनले संघिय सरकारले बेलैमा काम नगर्दा अदालतको अपहेलनाको मुद्धा समेत खेप्नु परेको बताए ।

कमेन्टहरु
Loading...