पोखराको फेवातालमा डुंगा डुब्दा एक जना बेपत्ता, चार जनाको उद्धार

पोखरा, १३ जेठ/पोखराको फेवातालमा आइतवार दिउँसो डुंगा डुब्दा एक जना बेपत्ता भएका छन् । दिउँसो सवा तीन बजेको समयमा हावाहुरीका कारण फेवातालमा डुंगा डुब्दा एक जना बेपत्ता भएका हुन् भने ४ जनाको सकुशल उद्धार गरिएको छ ।पाँच जना साथी भएर फेवातालमा डुंगा खेल्दै गर्दा एक्कासी चट्याङ सहित हावाहुरी का कारण डुंगा पल्टीएको थियो । डुंगा पल्टदा रामेछाप बेथान घर भएका १८ बर्षिय सुप्रिम लामा बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।

४ जनालाई भने एपीएफ कालीका गणबाट खटीएका उद्धार टोलीले उद्धार गरेको छ । सिन्धुली घर भएका १८ बर्षिय बिशाल थापा, काठमाण्डौं सितापाइलाका १७ बर्षिय अनील रोकाहा, भक्तपुर सूर्यबिनायकका १९ बर्षियमन्दिप महत र सल्लाघारी भक्तपुरका १७ बर्षिय शुशील कुँवरको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी कालीका गणका डिएस्पी गौतम राज कुँवरले जानकारी दिए । उनिहरु प्लसटुको पढाई सकेर पोखरा घुम्न आएका थिए । हराएका लामाको खोजी भइरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...