डुङ्गा व्यवशायीले सुरु गरे जलकुम्भी हटाउने अभियान

पोखरा, १ साउन /फेवा डुङगा ब्यवशायीले फेवातालमा फैलिदै गएको जलकुम्भी सरसफाइ अभियान सुरु गरेको छ । वर्षायामको समयमा फेवातालमा जलकुम्भी फैलिन थालेपछि ब्यवशायीहरु स्व स्फुर्त रुपमा जलकुम्भी झार हटाउन सक्रिय हुन थालेका हुन ।

जलकुम्भी फैलिदै जांदा फेवाताल कुरुप हुनुका साथै तालमा सञ्चालन हुने डुङगालाई आवतजावत गराउन अफ्ठेरो हुने भएकाले आफुहरुले स्व स्फुर्त रुपमा मन्दिर जाने विभिन्न घाटहरुमा रहेका जलकुम्भीहरु हटाउन सुरु गरिएको फेवा डुङगा ब्यवशायी समितीका अध्यक्ष बुद्धि बहादुर परियारले वताए ।

वर्षायामको समयमा वर्षेनी जलकुम्भी झार हटाउनका लागी समितीमा आवद्ध सदस्यहरुले स्व स्फुर्त रुपमा जलकुम्भी झार हटाउनका लागी अभियान सुरु गरिएको उनको भनाइ रहेको थियो ।  वर्षायाम अवधिभर प्रत्येक हप्ता जलकुम्भी झार निकाल्ने काममा नेपाल आर्मीको सिद्धि बक्स गण फुलबारी र कालिका गणको सहयोगमा जलकुम्भी झार निकालिने डुङगा ब्यवशायी समितीका संस्थापक उपाध्यक्ष कृष्ण प्रसाद पहारीले वताए ।

जलकुम्भी झार फाल्नका लागी फेवा घाट, वाराहीघाट र पहारी घाटमा समितीमा आवद्ध सदस्यहरुले जलकुम्भी झार हटाउने काम भइरहेको उनको भनाइ रहेको थियो । जलकुम्भी झार संगै फेवा ताल किनारमा रहेका प्लास्टिकका बोतल र दाउराहरु समेत हटाउने काम भइरहेका वताउदै यो अभियानमा सम्पूर्ण पोख्रेलीले सहयोग गर्न समेत संस्थाले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...