फेवातालमा डुंगा डुव्यो, २ जना वेपत्ता, ६ को उद्दार (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, २४ साउन /पोखराको फेवातालमा डुंगा पल्टिएको छ । डुंगामा सवारमध्ये २ जना हराइरहेका छन् भने ६ जनाको उद्धार भएको छ । काठमाडौ चक्रपथका १९ वर्षिय १९ प्रतिक श्रेष्ठ र काठमाडौ वसुन्धराका २३ वर्षिय एलिन केसी रहेका छन् ।

उद्धार गरिएका मध्ये २ जनाको अवस्था गम्भिर छ । वेपत्ता भएका २ जनाको खोजी जारी रहेको छ । फेवाताल पारि पुगेर फर्किदै गर्दा डुंगा दुर्घटनामा परेको हो । फेवातालको बिच भागमा डुंगा फर्किदै गदा भएका कारण सबैको उद्धार हुन नसकेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले लाईफ ज्याकेट नलगाएको प्रहरीको भनाई छ ।

स्थानीयका अनुसार डुंगामा सबार सबै नेपाली थिए । डुंगा चालक बाहेक उनीहरु काठमाडौंबाट घुम्न आएका हुन् । काठमाडौ चक्रपथका १९ वर्षका को सौगात श्रेष्ठ, रोशन न्यौपाने, २० वर्षका सम्राट गौतम, ३१ वर्षका दिपक न्यौपाने, मकवानपुर हेटौडा ६ बस्ने ३६ वर्षका विदुर धिताल, सिन्धुलू घर भई हाल पोखरा ६ लेकसाईड बस्ने बर्ष ३० की डुंगा चालक गंगा बस्नेतको उद्धार गरेको हो । उनीहरुलाई शसस्त्र प्ररही, नेपाल प्रहरी, डुंगा व्यवसायीहरुले उद्धार गरेका हुन् ।

फेवातालमा डुबेकालाई उद्दार गर्दै । तस्विर ः सन्दिप
फेवातालमा डुबेकालाई उद्दार गर्दै । तस्विर ः सन्दिप
फेवातालमा डुबेकालाई उद्दार गर्दै । तस्विर ः सन्दिप
फेवातालमा डुबेकालाई उद्दार गर्दै । तस्विर ः सन्दिप
फेवातालमा डुंगा डुव्यो, २ जना वेपत्ता, ६ को उद्दार
फेवातालमा डुंगा डुव्यो, २ जना वेपत्ता, ६ को उद्दार

fewa tal ma dunga dubo (1) fewa tal ma dunga dubo (3)

कमेन्टहरु
Loading...