फेवातालको जलकुम्भी र बन्दे झार हटाउन अभियान सुरु

सागर राज तिमिल्सिना
पोखरा १० भदौ/पोखरा रहेको फेवाताललाई जलकुम्भी झार र बन्दे झारले कुरुप बनाए पछि पोखरा बासीले सफाई अभियान सुरु गरेका छन् । शुक्रबार शुक्रबार झार भिक्ने अभियान सञ्चालन हुने छ । कार्यक्रमको कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अभियानको शुभारम्भ गरे ।

पोखराको मूख्य पर्यटकिय आकर्षण फेवाताल जलकुम्भी झारले कुरुप हुदै गएपछि हटाउने अभियान सञ्चालन गरिएको हो । पोखरा उपमहानगरपालिकाको आयोजना र नागरिक समाजको संयोजनमा अभियान सुरु भएको हो । फेवातालको खपौदी क्षेत्रबाट झार झिक्ने अभियानबाट करिब ३० ट्रक झार निकालेको पोखरा उपमहानगर पालिकका कार्यक्रकारी अधिकृत भिमबहादुर कुबँरले जानकारी दिए । फेवाताललाई जलकुम्भी र बन्दे झारले कुरु बनाए पछि अभियान सञ्चालन गरेको बताए ।

फेवातालमा बर्षा लागेपछि प्रत्येक बर्ष जलकुम्भी झारले यसरी नै ढाक्ने गरेको छ । वर्षै पिछे झारले ढाक्दा फेवाताल हेर्न आउने पर्यटकहरुलाई असर गरेको छ । प्रत्यक शुक्रबार विहान दुई घण्टा चलाएको अभियानबाट पनि सो क्षेत्रको झार पूर्ण रुपमा हटाउन लक्ष्य रहेको नागरिक समाज पोखरा संयोजक रामबहादुर पौडेलले जानकारी दिए । अभियानमा सुरक्षाकर्मी, नागरिक समाज, कर्मचारी, डुंगा ब्यवसायी, पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । हिउदमा आफै हराउने र बर्षायाममा तालको सौन्दर्य नै बिगार्ने गरी ढाकिने जलकुम्भीको दिर्घकालिन ब्यबस्थापन गर्न नसक्दा फेवाताल जलकुम्भीले ढाकिने गरेको छ ।

फेवाताल मानवी र प्राकृतीक दुबै रुपमा दैनिक अतिक्रमणको चपेटामा पर्दै गएको छ । करिब २२ हजार ७ सय रोपनी क्षेत्रफलको नेपालकै दोस्रोे ठूलो ताल फेवाताल खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सीमित हुन पुगेको छ । फेवाताल विश्वमा नै सौन्दर्यमा १३ औ स्थानमा रहेको ताल हो ।

फेवातालको जलकुम्भी र बन्दे झार हटाउन अभियान सुरु
फेवातालको जलकुम्भी र बन्दे झार हटाउन अभियान सुरु
फेवातालको जलकुम्भी र बन्दे झार हटाउन अभियान सुरु
फेवातालको जलकुम्भी र बन्दे झार हटाउन अभियान सुरु
फेवातालको जलकुम्भी र बन्दे झार हटाउन अभियान सुरु
फेवातालको जलकुम्भी र बन्दे झार हटाउन अभियान सुरु
कमेन्टहरु
Loading...