फेवातालमा डुंगा डुबेर वेपत्ता मध्ये एलिन केसी मृत फेला

सागर राज तिमिल्सिना
पोखरा, २७ साउन /पोखराको फेवाताला सोमबार डुंगा डुबेर चार दिन देखि वेपत्ता दुई जना मध्ये एक जनाको मृत भेटिएका छन् । बिहीबार विहान फेवातालको हल्लनचोक घाट नजिकैबाट प्रहरीले काठमाडौ बसुन्धराका २३ वर्षिय एलिन केसीलाई मृत भेटाएका हो ।

उनको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको प्रहरीले जानकारी दिएको छ । हराइरहेका काठमाडौ चक्रपथका १९ वर्षिय प्रतिक श्रेष्ठको खाजीकार्य भइरहेको वडाप्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।

फेवातालमा गोताखोर सहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको उनले जानकारी दिए । डुंगामा सवारमध्ये ६ जनाको उद्धार भएको थियो । फेवातालपारीको रेष्टुरेण्टमा खाना खाएर फर्किदै गर्दा साझँ किरब ५ बजे तिर डुंगा दुर्घटनामा परेको थियो ।

डुंगाको क्षेमता भन्दा बढि यात्रु चढ्नु, लाईफ ज्याकेट नलगाएका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुघंटनामा परि काठमाडौका सौगात श्रेष्ठ, रोशन न्यौपाने, सम्राट गौतम, दिपक न्यौपाने, हेटौडाका विदुर धिताल, पोखरा ६ लेकसाइडकी डुंगा चालक गंगा बस्नेतको उद्धार भएको थियो ।

कमेन्टहरु
Loading...