फेवा वेगनासको अध्यक्षमा ढकाल

पोखरा, २९ चैत्र /लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा टंक ढकाल निवार्चित भएका छन । बिहिबार ढकालकोे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक तथा क्लवका संस्थापक अध्यक्ष समेत रहेका जोन चियर पर्सन सन्तोष घिमिरेले जनाए ।

क्लबको आइपिमिा विधान गौतम, प्रथम उपाध्यक्षमा शंकर पाण्डे, द्वितीय उपाध्यक्षमा महेश्वर रिमाल, तृतीय उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा कृष्ण प्रसाद आचार्य, क्लब एडमिनिस्टेटरमा सागर बराल, कोषाध्यक्षमा राजेश ढुंगाना, सहसचिव चित्र गुरुङ र सहकोषाध्यक्षमा टिका बहादुर लम्साल चयन भए ।

यसैगरी मेम्वरसिप चेयर पर्सनमा अनुप बराल, एलसिआइएफ कोअर्डिनेटरमा महेश सुनार, मार्केटिङ कम्युनिकेसनमा घनश्याम आचार्य, सर्भिस चेयरपर्सनमा टिकाराम पराजुली रहेका छन् । यसैगरी निर्देशकमा सुनिल बस्नेत, प्रदिप ओझा, सुरेश कुँवर तथा सदस्यमा जीवन कार्की, सन्दिप बुढाथोकी, मोती पौडेल चयन भएका छन् । क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष सन्तोष घिमिरे, पुर्व अध्यक्ष पुरुषोत्तमराज भण्डारी र ऋषिराम भण्डारी रहेका छन् ।

क्लबका लायन वर्ष २०१८÷१९ का अध्यक्ष विधान गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा ड्रिस्टिक डेपुटी डिर्पाटमेन्ट चिफ बालकृष्ण बराल, रिजन चेयर पर्सन विधता द्धा, जोन चियर पर्सन सन्तोष घिमिरे र दुर्गा कुमारी आचार्य, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जीत बहादुर थापा गोपाल, नर्वनिर्वाचित अध्यक्ष टंक ढकाल, वर्तमान सचिव राजाराम पौडेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...