फरार अभियुक्त पक्राउ

पोखरा, ९ बैशाख/वडा प्रहरी कार्यालय बैदामले ज्यान मार्ने उद्देश्यलेकुटपिट गरि फरार हरेका गल्फु भन्ने दिपेन्द्र परियारलाई पक्राउ गरेको छ ।
२०६९ साल असोजको २४ गते राती पोखरा उपमहानगर पालिका वडा नं ११ फुलबारीमा दिपेन्द्र परियार समेतका ५ जनाले पोखरा १० का विक्की तामाङलाई कुटपिट गरेका थिए ।

पुरानो रिसईवी लिई ज्यान मार्ने उदेश्यलेकुटपिट एव ईट्टाले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका मध्ये परियारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । परियारलाई होटलमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरि अदालत पेस गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...