फ्याक्ट एण्ड फास्टरको उपाधि गण्डकी बोर्डिङलाई

पोखरा, १२ फागुन/फेवा टेलिभिजनको आयोजनामा भएको पहिलो सिजनको हाजिरिजवाफ प्रतियोगिता फ्याक्ट एण्ड फास्टरको बिजेता लामाचौरको गण्डकी बोर्डिङ स्कुल भएको छ । शुक्रबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा सैनिक आवासीय महाविद्यालय फुलवारी द्वितीय र अमंरसिंह मावि अमंरसिंहले तृतीय स्थान प्राप्त गरेका छन ।

त्यस्तै प्रतियोगितामा सवलाईन वोडिङ स्कुल रत्नचोकले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै द्धितिय हुने समुहले नगद ३० हजार ट्रफि र प्रमाण पत्र तथा तृतिय र सान्तवना स्थान हासिल गर्ने समहुले नगद १०, १० हजार रुपैया ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन ।
यस अघि प्रतियोगिताको प्रदेश नं. ४ का प्रदेश प्रमूख बाबुराम कुँवरले उद्घाटन गर्नु भएको थियो ।

अवसरमा वोल्दै कुवँरले केन्द्रको अधिकार प्रदेशमा आएको वताउदै यो प्रदेशमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन प्रदेश सरकारले भूमिका खेल्ने वताउनु भयो । उहाँले विद्यार्थीहरुको ज्ञान अभिवृद्धि गराउन फेवा टेलिभिजने गरेको कार्यक्रमको प्रशंसा गर्दे आगामि दिनमा पनि निरन्तरताको कामना गर्नु भयो । प्रतियोगितामा कास्कीमा रहेका ३२ वटा विद्यालयहरुले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा टाइटल स्पोन्सर इफोम्याटिक्स् कलेज, इनएशोसियसन विथ बेकन इन्टरनेश्नल प्रिमियर एजुकेशन, प्रमोटेडमा मम मज्जा, कोस्पोन्सरमा ट्रस्ट एजुकेसन एकेडेमी, बैंकीङ पाटनरमा ओम डेभलपमेण्ट बैक, सर्पोटेडमा हिसान कास्की रहेका थिए । प्रतियोगिताको मिडिया पाटनरमा नया पत्रीका, समाधान र विग एफएम रहेका थिए । सो कार्यक्रममा फेवा टेलिभिजनले आयोजना गर्न लागेको सर्वाधिक पुरस्कार राशिको फेवा आइडलको घोषणा गरिएको छ ।

कमेन्टहरु
Loading...