कोरियन भाषा परीक्षाको अनलाइन आवेदन भर्न राती देखि बैंकमा लाइन (फोटो फिचर)

पोखरा, ९ चैत /आठौं कोरियन भाषा परीक्षाको आवेदन अनलाइनबाट भर्ने सुबिधा भए पनि एउटै मात्र बैंकबाट रकम बुझाउनु पर्दा अप्ठेरोमा परेको बताएका छन् । कोरियन भाषाको परीक्षा आबेदन भर्नु पहिला ग्लोबल आईएमई बैंकबाट २४ अमेरिकन डलर तिर्नु पर्ने हुन्छ ।

त्यस्तो व्यवस्थाले राती देखि बैंकमा लाइन बस्नु परेको पोखरा लेखनाथ महानगर पालिकाका सुभाब आर्चायले बताए । उनले अन्य बैंकबाट पनि पैसा बुझाने व्यवस्था भए राती देखि लाइन बस्नु नपर्ने बताए । पहिला फारम भरे पहिले पालो आउने भन्दै युवाहरु राती देखि नै लाइनमा बसेका थिए ।

पोखरामा ग्लोबल आईएमई बैंकका दुईवटा शाखा रहेकोमा दुबै ठाउँमा लामो लाइन छ । उनीहरु राती देखि नै लाइनमा बसेका थिए । भाषा परीक्षाका लागि ९ गते देखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।

कोरियन भाषा परीक्षाको अनलाइन आवेदन खुल्यो, बैंकमा राती देखि लाइन

कोरियन भाषा परीक्षाको अनलाइन आवेदन भर्न राती देखि बैंकमा लाइन

कमेन्टहरु
Loading...