अन्तर्राष्ट्रिय वातावरण दिवसमा पोखरा महानगरको प्रतिवद्धता

संयुक्त राष्ट्र संघको साधारण सभाको सन् १९७२ को प्रस्तावबाट हरेक वर्ष जुन ५ मा अन्तर्राष्ट्रिय वातावरण दिवस मनाउने गरिएको छ । यस वर्ष पनि आज जुन ५ मा विविध कार्यक्रम गरी संसार भरी नै यो दिवस मनाइँदै छ । यस वर्षको वातावरण दिवसको अन्तर्राष्ट्रिय नारा ‘प्रकृतिको लागि समय’ रहेको छ । राष्ट्रिय नारा ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ छ भने पोखरा महानगरपालिकाको नारा ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’ रहेको छ ।

विश्व नै वातावरण प्रदुषणको चपेटामा पर्दै गएको छ । यसबाट पोखरा पनि अछुतो छैन । प्रदुषण मुक्त गराउन संरक्षण र वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी सञ्चालन गरी हरियाली बढाउन जोड दिइनेछ । त्यसकारण महानगरपालिकाका सडकहरु तथा सिमानामा रहेका गाउँपालिका केन्द्रहरु जोड्ने सडकमा दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम अगाडि बढाइनेछ । महानगरपालिका भित्र निर्माण हुने घरका कम्पाउन्ड तथा कौंसीहरुमा हरित बगैंचा निर्माण गर्ने नीति अवलम्बन गरी वातावरणलाई दीगो रुपमा संरक्षण गर्न योगदान पु¥याउँदै बोटानिकल गार्डेनहरुको विकास गरिने छ ।

कोमागाने पार्क, पुष्पलाल पार्क, वसुन्धरा पार्क, मदन आश्रित पार्क, यशोधरा पार्क, राष्ट्रिय विभूति तथा सहिद पार्क आदिलाई संरक्षण र प्रवद्र्धन गर्दै लगिने छ । ठूलाकोट, रानीवनलाई जैविक विविधता संरक्षणका केन्द्र बनाई प्राकृतिक चिडियाखानाको रुपमा विकास गर्दै पञ्चासे लेकलाई सुनगाभा संरक्षण क्षेत्रका रुपमा घोषणा गरी संरक्षण गरिने छ । बालबालिकाहरुको लागि मनोरञ्जन र सिर्जनात्मक प्रेरणाका लागि प्रत्येक वडाहरुमा कम्तीमा एउटा पार्कको व्यवस्था गरिने तथा महानगरभित्रका ९ वटै तालहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्ने कार्यका लागि निम्न लक्ष्य, उद्देश्य र रणनीति अवलम्बन गरिने छ ।

लक्ष्य

जनसहभागिता, प्रदेश तथा संघीय सरकारहरुसँग समन्वय गरी वन वनस्पति, ताल तलैया, खोला, नदीनाला, जलाधार व्यवस्थापनको संस्थागत विकाससहित जैविक विविधता संरक्षण एंव सम्बद्र्धन गरी पर्यापर्यटनको विस्तार र वातावरणीय सन्तुलनसहितको दीगो विकास गर्ने नीति अवलम्बन गरिनेछ ।

उद्देश्य

१. समुदायमा आधारित संगठन मार्फत ताल तलैया, नदी खोलानालाहरुको जलाधार क्षेत्रहरुको एकीकृत व्यवस्थापन गरी बाढी, पहिरो जस्ता प्राकृतिक विपद्हरुको जोखिम न्यूनीकरण गरिने छ ।
२. महानगर भित्र रहेका वन क्षेत्रहरुको सौन्दर्यकरण एवं व्यवस्थापनद्वारा विभिन्न जातका फल फूलका विरुव रोपी त्यसलाई आर्यआर्जनसँग जोडर उत्पादकत्व वृद्धि गरी पर्यापर्यटन तथा उद्यमशीलता मार्फत आय अर्जन तथा रोजगारीका अवसरहरु वृद्धि गरिने छ ।
३. महानगरपालिकाको जलवायु अनुकुलन तथा न्यूनीकरण योजना तयार गरी लागू गरिने छ ।
४. महानगर भित्र रहेका पर्ति जग्गा, सार्वजानिक भवनका कम्पाउन्डहरु, सडक, खोला, नदी, नहरका किनारमा वृक्षरोपण गरी हरियाली प्रर्वद्धन गरिने छ ।
५. वन तथा वनस्पति प्रदर्शन स्थल स्थापना गरी अनुसन्धान, प्रसार तथा विकास गरिने छ ।

रणनीतिहरु

१.१ वन तथा वातावरण क्षेत्रमा कार्यरत संघ संस्थाहरुको क्षमता अभिवृद्धि गरिने छ ।
१.२ ताल तलैया, खोला नालाहरु तथा जलाधार क्षेत्र व्यवस्थापन गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरी स्थानीय नागरिकहरुको सहभागितामा समुदायमा आधारित संस्थाहरु निर्माण गरी त्यस्ता संस्थाहरुको संस्थागत विकास गरेर कार्यक्रमहरु सञ्चालन गरी आर्य आर्जनमा जोड दिइने छ ।
१.३ बाढी तथा पहिरो जोखिम क्षेत्रहरु पहिचान गरी समुदायमा आधाररित संघ संस्थाहरुको नेतृत्वमा त्यस्ता क्षेत्रहरुमा संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिने छ।
१.४ प्राकृतिक जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी विपद जोखिम न्यूनीनकरण तयारी रणनीति निर्माण गरी लागू गरिने छ ।
१.५ वन, भूसंरक्षण तथा जलश्रोत संरक्षणका लागि छिमेकी पालिकाहरु, प्रदेश तथा संघीय सरकार र राष्ट्रिय तथा अन्तर्राष्टिय गैरसरकारी संघ संस्थासँग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
२.१ महानगरपालिका भित्र रहेका सामुदायिक, धार्मिक तथा निजी वनहरुसँग सहकार्य गरी वनको सौन्दर्यकरण गरिने छ ।
२.२ सामुदायिक वन उपभोक्ता समूह तथा पारिवारिक निजी वन समूहको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने छ ।
२.३ वन क्षेत्रको सौन्दर्यकरण वृद्धि गर्न वृक्षरोपण, वन व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण आदि कार्यहरुमा सामुदायिक वन उपभोक्ता समूहहरुसँग सहकार्य गर्दै तिनीहरुलाई जवाफदेही बनाइने छ ।
२.४ सामुदायिक वन उपभोक्ताहरुसँग सहकार्य गरी वनमा आधारित उद्योगहरुलाई प्रवद्र्धन गर्न उद्यम विकासका कार्यक्रमहरु सञ्चालन गर्न सहजीकरण गरिने छ ।
३.१ महानगर भित्रको जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरण योजना तयार गरी लागू गरिने छ ।
३.२ जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलनका लागि नागरिकहरुको क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गरिने छ ।
३.३ महानगरपालिका भित्र जलवायु परिवर्तनका कारणले हुन सक्ने क्षति न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली विकास गरिने छ ।
४.१ डिभिजन वन कार्यालय, इलाका वन कार्यालयहरु, शैक्षिक संस्थाहरु, सरकारी तथा गैरसरकारी संस्थाहरु, समुदायमा आधारित संस्थाहरुसँग सहकार्य गरी बिरुवा उत्पादन तथा वृक्षरोपण कार्यक्रमहरु सञ्चालन गरिने छ ।
४.२ हाल सञ्चालनमा भएका नर्सरीहरुको सवलीकरण गर्दै थप नयाँ नर्सरीहरु सञ्चालन गरी बहुउद्देश्यीय प्रजातिका बिरुवाहरु उत्पादन गरी वितरण गरिने छ ।
५.१ डिभिजन वन कार्यालय, इलाका वन कार्यालयहरु, शैक्षिक संस्थाहरु, सरकारी तथा गैरसरकारी संस्थाहरु, समुदायमा आधारित संस्थाहरुसँग सहकार्य गरी वन प्रदर्शन स्थलहरु स्थापना गरी अनुसन्धान कार्यक्रमहरु सञ्चालन गरिने छ ।
५.२ वन क्षेत्रको व्यवसायीकरण गर्न जनशक्तिको क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गरिने छ ।
५.३ उच्च मूल्य प्रजाति तथा बहुउद्देश्यीय प्रजातिहरुको व्यवसायिक उत्पादन गर्न वन अनुसन्धान, प्रसार तथा प्रविधि विकास कार्यक्रमहरु सञ्चालन गर्ने ।

यिनै लक्ष्य र उद्देश्यहरु पूरा गरी विश्व वातावरण दिवसमा यि कार्यक्रमहरु दीगो रुपमा लागू गर्न हामी प्रतिवद्ध छौं र यसमा आम नगरबासीको साथ र सहयोगको अपेक्षासहित अन्तर्राष्ट्रिय वातावरण दिवसमा शुभकामना व्यक्त गर्दछु ।

मानबहादुर जिसी
प्रमुख
पोखरा महानगरपालिका

कमेन्टहरु
Loading...