पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी पुस अन्तिम साता

पोखरा, १९ पुस /सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनीक एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिरियरिङ क्याम्पस पोखराको आयोजनामा पुस अन्तिम साता दुई सम्म सञ्चालन हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख नारायण गौतमले जानकारी दिए । पुस २२ र २३ गते प्रदर्शनी आयोजना गर्न लागेको उनले जानकारी दिए ।

उनले प्रविधिको अधिकतम उपयोगबाट विश्वव्यापी सूचना तथा प्रविधि, भौतिक आधारशीलाको विकास साथै वस्तु तथा सेवाको उत्पादनमा मितव्ययिता र उद्योग तथा व्यापारमा आधुनिकीकरण गरी समाजको परिवर्तन गर्न सकिने नमुना प्रस्तुत गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताए ।

विद्यार्थीद्वारा निर्मित सोलारका कार, जलकुम्भी झार निकाल्ने उपकरण, धान काट्ने मेसिन लगायतका प्रदर्शनीमा इन्जिनियरिङ विषयका करिब ५० बताए। प्रदर्शनीले काम गर्ने विधि र यन्त्रलाई उत्पादकत्व वृद्धि गर्दै लागत घटाउन सकिन्छ भन्ने कुरालाई सर्वसाधारणसमक्ष पु¥याउन सकिने विश्वास लिइएको छ । क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुले निर्माण गरको सामग्री प्रर्दशनीमा राख्ने मेला संयोजक दिपक थापाले जानकारी दिए । मेला सम्पन्न गर्न ५ लाख ४५ हजार रुपैया लाग्ने आयोजकको अनुमान रहेको छ ।

कमेन्टहरु
Loading...