मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ द्धारा इदुल्ल फित्र शुभकामना

पोखरा, २२ जेठ/ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले मुस्लिम धर्मावलम्वीहरुको पर्व इदुल्ल फित्रको शुभकामना दिएका छन् ।

स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु शुभकामना सन्देशमा उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलव्धी हुन् ।

वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषण भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

मुस्लिम समुदायको यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।

कमेन्टहरु
Loading...