विद्यार्थीलाई शैक्षिक सामाग्री

पोखरा ७ असोज/पोखरा उपमहानगर पालिका वडा नं २८ अर्मलास्थित चार विद्यालयका करिब सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

साथी नेपालको अनासिनी क्लष्टर कार्यक्रम अन्तर्गत अन्नपूर्ण, नारायणी, सिता र निर्मल गरी चार विद्यालयका छात्रछात्रालाई स्वीटरलगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा अन्नपूर्ण माविबाट २०७२ सालमा एसएलसी उत्रीर्ण विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै साथी नेपालका कार्यक्रम संयोजक लक्ष्मी कुँवरले विद्यार्थीको सिकाइमा ध्यान दिन शिक्षकहरुलाई आग्रह गरिन् । शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर वि.क. को सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामनाराण लामिछाने, शिक्षक विष्णुप्रसाद पौडेल र मोहनबहादुर जिसी, छात्रा अस्मिता गुरुङ लगायतले बालेका थिए ।

कमेन्टहरु
Loading...