शैक्षिक मेला, विद्यार्थी र अभिभावक उत्साजक सहभागीता

पोखरा, ३० भदौ/भदौ २७ गते सोमबार देखि शुरु भएको ‘वृहत शैक्षिक मेला’ सकिएको छ । तीन दिनसम्म चलेको मेलामा विद्यार्थी र अभिभावकहरुको निकै उल्लेख्य सहभागिता रहेको आयोजकले दाबी गरेको छ । ‘वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्यूसनको आयोजनामा भएको मेला सोँचेभन्दा बढि सफल भएको हामीलाई लागेको छ ।’

आयोजक वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भने–‘परामर्शदाताहरुको लागि पनि यो मेला निकै फलदायी भयो ।’ मेलामा पोखरा र आसपासबाट प्लस टुसकेर बसेका विद्यार्थीहरुले निकै चासो दिएर मेलामा सहभागिता जनाएका छन् । अघिल्ला पटक पोखरामा हुने गरेका शैक्षिक मेलाको तुलनामा विद्यार्थी सहभागिताको हिसाबले यो पटक निकै सफल रहेको उनले दाबी गरे ।

त्यस्तै मेलाका प्रस्तुतकर्ता विग एफएमका अध्यक्ष तथा किंग्स ईन्स्टिच्युटका संचालक महेश भण्डारीलेमेलाको सफलताप्रति खुशि व्यक्त गरे । ‘विद्यार्थीहरुमा परामर्श लिनुपर्छ भन्ने चासो बढेको हामीले पायौँ ।’ उनले भने–‘ उनीहरुको लागि मेला प्रभावकारी रहेछ भन्ने कुरालाई पनि पुष्टि गरेको छ ।’

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मेलामा ३६ वटा स्टलबाट परामर्शदाताहरुले वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...