रुपा आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषित

पोखरा, २४ भदौ /कास्कीको रुपा गाउँपालिकालाई आधारभूत शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा

गरिएको छ । नेपाल सरकारको ५ देखि १२ वर्ष उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहेको सुनिश्चित

गर्ने कार्यव्रmमअनुरुप गाउँपालिकाले ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको

अवसर पारेर शनिबार सो घोषणा गरेको हो । गण्डकी प्रदेशका सांसद दीपक कोइराला, गाउँपालिकाका अध्यक्ष

नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल, शिक्षा शाखा प्रमुख

भोजराज न्यौपाने, स्रोत व्यक्तिद्वय हेमराज आचार्य र विजयनाथ सापकोटासँगै विद्यार्थी, शिक्षक र

अभिभावकहरुले संयुक्त रुपमा सो घोषणा गरेको हुन् ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यव्रmममा गण्डकी प्रदेशका सांसद दीपक

कोइरालाले शैक्षिक क्षेत्रमा रुपा गाउँपालिकाले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । दक्ष नागरिक

उत्पादन गर्नका लागि गाउँपालिकाले गरेको प्रयासको प्रशंसा गर्दै उहाँले शैक्षिक चेतना विकासको मूल तत्व

भएकोमा जोड दिनुभयो । रुपालाई प्राविधिक शिक्षाको केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । फरक

प्रसङ्गमा उहाँले जसले वृद्ध भत्ताको विरोध गरेका थिए, उसैले यो वाम सरकारले भत्ता बढाएन भनेर

हास्यास्पद आलोचना गर्ने गरेको टिप्पणी गर्नुभयो । यो २÷४ महिनामा ढल्ने सरकार नभएको भन्दै उहाँले

चुनावी घोषणापत्रमा उल्लेख भएका योजनाहरु ५ वर्षभित्र पूरा हुने बताउनुभयो । रुपामा देखिएको बाटो र

पानीको समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको सांसद कोइरालाले जानकारी गराउनुभयो ।

गाउँपालिकाका अध्यक्ष ओझाले रुपा गाउँपालिकालाई प्राविधिक शिक्षाको हब बनाइने घोषणा गर्नुभयो । रुपा

गाउँपालिकामा यस वर्ष रामकोट माविमा बाली विज्ञान, गाउँफर्क मावि, खाल्टेमा पशु चिकित्सा र विश्वशान्ति

मावि, देउरालीमा डिप्लोमा तहको इन्जिनियरिङको पढाइ सञ्चालन गर्ने अनुमति लिएर प्रव्रिmया अघि

बढिसकेको ओझाको भनाइ थियो । उहाँले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले गर्नुपर्ने जुनसुकै काम पनि

गरिने विश्वाससमेत दिलाउनुभयो ।

सोही अवसरमा गाउँपालिकाले शिक्षा क्षेत्रमा योगदान दिएका शिवालय माध्यमिक विद्यालय, थुम्कीका ३

जनासहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । शिवालय मावि व्यवस्थापन समितिका अध्यक्ष

तिलबहादुर थापालाई उत्कृष्ट व्यवस्थापन गरेको, एस. ई. ई. २०७४ मा छात्रतर्फ गाउँपालिकाभरिमा ३.७५

जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको भन्दै विशाल ओझा र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको

भन्दै निवृत्त शिक्षक रामचन्द्र ओझालाई सम्मान गरिएको थियो । यस्तै देउराली आधारभूत विद्यालय

व्यवस्थापन समितिका अध्यक्ष शङ्करलाल श्रेष्ठ, गाउँपालिकाभरिमा छात्रातर्फ उत्कृष्ट नतिजा ल्याउने

पृथ्वीरुपमा माविकी सरिता सुवेदी, निवृत्त शिक्षकहरु विष्णुप्रसाद तिवारी, पदमराज अधिकारी, तुलसीराम

अधिकारी, लक्ष्मी न्यौपाने, शिवेन्द्रकुमार श्रेष्ठ, भीमप्रसाद सुवेदी, मित्रराज रेग्मी, दयासागर सुवेदी, कार्यरत

शिक्षकहरु रेविका बराल, अमर विक, लक्ष्मी देवकोटा, ज्ञानेन्द्र पौडेल, भरतमणि भट्टराई, मणिराम कँडेललाई

पनि सम्मान गरिएको थियो ।

सोही अवसरमा आयोजित ‘व्यावहारिक शिक्षा ः आजको आवश्यकता’ शीर्षकमा भएको वक्तृत्वकला

प्रतियोगितामा पृथ्वीरुपा माविकी प्रशंसा अधिकारी, अरुणोदय आधारभूत विद्यालयकी पवित्रा विक र

विश्वशान्ति माविकी प्रकृति पगेनी व्रmमशः पहिलो, दोस्रो र तेस्रो भएर ३ हजार, २ हजार र १ हजार रुपैयाँ

पुरस्कार पाएका छन् । १२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रशासकीय

अधिकृत हरिबहादुर भुजेल तथा स्रोतव्यक्तिद्वय हेमराज आचार्य र विजयनाथ सापकोटा निर्णायक रहनुभएको

थियो । शिक्षा शाखाका प्रमुख भोजराज न्यौपानेको सञ्चालनमा भएको कार्यव्रmममा स्वागत गर्दै प्रमुख

प्रशासकीय अधिकृत भुजेलले गाउँपालिकाभित्रको शैक्षिक परिवर्तनका लागि लगानी, नीति र संरचनाको तहमा

काम भइरहेको बताउनुभयो । उहाँले हार्डवयरका पक्षमा काम चलिरहेको बताउँदै अब सफ्टवेयरको पक्षमा काम

गरिने जनाउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वानमा ‘समाज उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार ः दक्ष

जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार’ भन्ने मूल नारासहित शनिबार देशभर शिक्षा दिवस मनाइएको

छ ।

कमेन्टहरु
Loading...