इक्यान स्थापना दिवसमा सहाराका विद्यार्थीलाई शैक्षिक सामग्री

पोखरा, १३ भदौ / उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुका लागि परामर्श सेवा प्रदान गर्दै

आइरहका परामर्शदातृ संस्थाहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) स्थापनाको २२औं वर्ष पुगेको छ

। स्थापना दिवसका अवसरमा इक्यान कास्कीले श्री सहारा बाल आधारभूत विद्यालय बसपार्क पोखराका

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयका २ सय ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको इक्यान कास्कीका अध्यक्ष मीलन

तिवारीले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव

भुवन क्षेत्रीले बताए । इक्यानका केन्द्रीय सदस्य कर्णबहादुर गुरुङले स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

गरेर इक्यान कास्कीले रचनाात्मक काम गरेको भनाइ राखे ।

संस्थाले समय समयमा सामाजिक कामहरु गर्दै आइरहेको कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले बताए । संस्थाका

सदस्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख ओम प्रकाश गैरैको संयोजकत्वमा कार्यक्रम भएको हो । इक्यान

कास्कीको सहयोगले विद्यार्थीहरु लाभान्वित भएको प्रधानाध्यापक लोचना अधिकारीले बताइन् ।

कमेन्टहरु
Loading...