पोखरामा हुने इक्यान शैक्षिक मेलाको तयारी तिब्र

पोेखरा, २१ मंसिर /नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने मंसिर २६ देखि २८ गतेसम्म पोखरामा हुने ‘इक्यान शैक्षिक मेला’ तयारी तिब्र पारीएको छ ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । ‘मेलामा राखिने सम्पूर्ण स्टलहरु बुकिङ भएका छन्,’ उनले भने, ‘उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी र अभिभावकका लागि मेला फलदायी हुने छ ।’

वैदेश र स्वदेशमा उच्च शिक्षाबारे सम्पूर्ण जानकारी मेलामा प्रदान गरिने मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्दिप अर्यालले जानकारी दिए । विदेशका विभिन्न देशका युनिभर्सिटी तथा कलेजका आधिकारिक प्रतिनिधि मेलामा सहभागी हुनेछन् । विभिन्न देशका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि एउटै स्थानमा भेटेर परामर्श लिन सकिने भएकाले मेला प्रभावकारी हुने सचिव रुद्रप्रसाद अर्यालले बताए ।

मेलामा ७० वटा स्टल रहनेछन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए । विद्यार्थीले प्राप्त गर्ने छात्रबृत्तीका विषयमा पनि मेलामा परामर्श प्रदान गरिनेछ ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् ।

#छैटौं इक्यान शैक्षिक मेला

छैटौं इक्यान शैक्षिक मेला

Posted by Ganthan.com on Thursday, December 6, 2018

कमेन्टहरु
Loading...