जिल्ला प्रहरी कार्यालयलाई बाबा फाउण्डेसन डष्टविन

पोखरा, १२ चैत/ बाबा फाउण्डेसन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई डष्टविन वितरण गरेकोे छ । स्वच्छ हराभरा, पोखरा अभियानलाई सार्थक बनाउने उद्देश्यले फाउण्डेशनले वर्षेनी विभिन्न संघसंस्थालाई डष्टविन सहयोग गर्दै आएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष सरिता ताम्राकार, सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्यूरोडका निर्वमान अध्यक्ष प्रेमप्रसाद शर्मा र ईलेक्ट प्रेसिडेन्ट दिनेशचन्द्र बास्तोला लगाएतले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानालाई १० थान डष्टविन हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले वालवालिका र वातावरण जस्तो संबेदनशिल क्षेत्रमा काम गरेको संस्था बाबा फाउण्डेशनले यस कार्यालयमा डष्टविन दिएकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
फाउण्डेशनका उपाध्यक्ष सरिता ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्यूरोडका निर्वमान अध्यक्ष प्रेमप्रसाद शर्मा र ईलेक्ट प्रेसिडेन्ट दिनेशचन्द्र बास्तोला लगाएतले वालवालिका र वातावरणको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा फाउण्डेशनका शुभचिन्तक पोखरा ७ घारीपाटन निवासी गीता अधिकारीको जन्मदिनको उपलक्ष्यमा फाउण्डेशनका उपाध्यक्ष सरिता ताम्राकार, सचिव टंकराज अधिकारी र कार्यसमिति सदस्य एवं रोटरी क्लब अफ पोखरा न्यूरोडका निर्वमान अध्यक्ष प्रेमप्रसाद शर्माले संयुक्त रुपमा शुभकामना सहित मायाको चिनो प्रदान गरेका थिए ।

विगत १० वर्षदेखि बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको फाउण्डेशनले कुनै बैदेशिक सहयोग विना स्वदेशि श्रोत र साधनको पहिचान गरि परिचालनबाट वालबालिका र वातावरणको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको फाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए । फाउण्डेशनले बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत गरीब जेहेन्दार निमुखा वालवालिकालाई पठनपाठनका लागि शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

कमेन्टहरु
Loading...