पोखरामा डाक्टर गोविन्द केसीको समर्थनमा ‘डाक्टर केसी बचाउ अभियान’

श्याम राना
पोखरा, ६ साउन /चिकित्सा क्षेत्रमा सुधार ल्याउन अनसनरत डाक्टर गोविन्द केसीको समर्थन गर्दै पोखरामा ‘डाक्टर केसी बचाउ अभियान’ चलाएका छन् । पोखराको मुख्य बजार चिप्लेढुङ्गामा नागरिक समाज पोखरा, युथ नर्स सञ्जाल र नेपाल चिकित्सा संघ गण्डकी शाखा पोखराले संयुक्त रुपमा अभियान सञ्चालन गरेका हुन् ।

उनीहरुले पोखरामा डाक्टर गोविन्द केसीका हस्ताक्षर अभियानलाई अगाडी बढाएका छन् । कार्यक्रमका संयोजक एवम नागरिक समाजका अध्यक्ष बिष्णुहरि अधिकारीले डाक्टर गोविन्द केसीको समर्थनमा विभिन्न कार्यक्रम गरेको बताए । सरकारले डाक्टर गोविन्द कसीको स्वास्थ्य स्थितिप्रति ध्यान दिएर, उनको माग पूरा गर्न सरकार सगँ माग गरेका छन् ।

शनिबार पोखरा बिरोध ¥याली गरेका उनीहरु केसीका माग पुरा नभए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । अभियानकी सहभागि सिता बरालले डाक्टर केसीको स्वास्थ्य र स्वास्थ्य शिक्षामा आम नेपालीको मागप्रति सुरुको दिन देखि नै सहमत रहेको बताईन् । उनले राज्यले डाक्टर केसीको मागलाई सम्बोधन नगरे भविष्यमा आम नेपालीले दुःख भोग्नु पर्ने बताइन् ।

कमेन्टहरु
Loading...