डाक्टर नारायण गौतमलाई पितृशोक

पोखरा, ५ जेठ /पोखराका बरिष्ठ फिजिसियन तथा मुटुरोग बिशेषज्ञ एवं समाजसेवी डाक्टर नारायण गौतमलाई पितृशोक परेको छ । गौतमका पिता ७८ वर्षीय तेज बहादुर गौतमको शनिबार राति निधन भएको हो । पिता स्व. नैन सिंह खत्री तथा माता स्व. नन्दकली खत्रीको कान्छो छोराको रुपमा बि.स: १९९९ मा पोखराको भलाममा जन्मिएका गौतमको शनिबार राती ९ : ४० मा मुटु सम्बन्धी समस्याका कारण​ उपचारका क्रममा ग्यालेक्सी अस्पताल पोखरामा निधन भएको पारिवारले जनाएको छ ।

स्वर्गिय गौतमका २ श्रीमती राममाया गौतम र तुलसी गौतम रहेका छन् । उनका ७ छोरा र ७ छोरी रहेका छन् । जेठा छोरा शंकर गौतम पुर्व जिल्ला शिक्षा अधिकारी हुन् भने डाक्टर नारायण गौतम माईला छोरा हुन् ।

स्वर्गिय गौतमको पार्थीव शरीरमा जेठा छोरा शंकर गौतमले दागबत्ती दिएका थिए भने त्यसभन्दा अगाडी उनको पार्थीव शरीरमा नेकपाका केन्द्रिय सदस्य श्रीनाथ बराल, नेकपा कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, नेकपा कास्कीका नेता एवं जिल्ला समन्वय समिती कास्कीका सभापती बैन बहादुर अधिकारी लगायतले पाटीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

स्वर्गिय गौतमको पार्थीव शरीरमा पाटीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्दै नेकपाका केन्द्रिय सदस्य श्रीनाथ बराल, नेकपा कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, नेकपा कास्कीका नेता एवं जिल्ला समन्वय समिती कास्कीका सभापती बैन बहादुर अधिकारी लगायत ।
कमेन्टहरु
Loading...