डा वाग्ले रहेनन्

काठमाडौ, ७ कात्तिक /एपेन्डिक्सको क्यान्सरबाट पीडित डा. चित्रप्रसाद वाग्लेको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको छ। एपेन्डिक्स क्यान्सरबाट ग्रसित डा. वाग्लेको पिसाबथैलीमा समेत समस्या देखिएपछि थप उपचारमा दिल्ली आउन लागेका बेला सिकिस्त भएर धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा गत आइतबार भर्ना गरिएको थियो ।
news(1)झण्डै एक वर्ष दिल्लीको रोहिणीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएपनि निको नहुने संकेत देखेपछि दुई महिनाअघि काठमाडौं फर्केका थिए । सरकारी छात्रवृत्तिमा रुसमा एमबीबीएस पढेर फिरेपछि झण्डै १२ बर्षसम्म अर्घाखाँचीको सरकारी अस्पतालमा चिकित्सक सेवा दिएका डा।वाग्ले उत्कृष्ट चिकित्सकका रुपमा नेपाल सरकारबाट दुई वर्षअघि पुरस्कृत भएका थिए ।
दुई बर्षअघि विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमडी गर्न बैंकक गएका बेला उनमा क्यान्सर संक्रमण रहेको थाहा भएपछि पढाइ छाडेर उनी दिल्ली उपचारमा आएका थिए । वाग्लेको थप परीक्षण(उपचारमा अमेरिका वा क्यानडा जानुपर्ने भनी राजीव गान्धी क्यान्सर अस्पतालले ुरिफरु गरेपनि आर्थिक अभावमा यो असम्भव भएको थियो । वाग्लेकी श्रीमती दुई नाबालक छोरी र एक अपाङ्ग छोरा छन् ।

कमेन्टहरु
Loading...