डोजरले ठक्कर दिदा पोखराको मालेपाटनमा एक घाइते

पोखरा, १८ वैशाख/पोखरा लेखनाथ महानगरपालिका ५ मालेपाटनमा डोजरले ठक्कर दिदा एक जना घाइते भएका छन् ।

आइतबार दिऊसो ग १ क ३२११ नम्बरको डोजरले पैदल यात्री सोही ठाउँका ४० वर्षिय रेशम ठकुरीलाई ठक्कर दिएको थियो । घाईते भएका ठकुरीको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

डोजर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...