पोखराबाट अग्रेजी संस्करणको डिस्कभरी म्यागेजीन सुरु, निःशुल्क वितरण गर्ने

पोखरा, २३ चैत /पोखराबाट अग्रेजी संस्करणको डिस्कभरी म्यागेजीन प्रकाशन सुरु भएको छ । बराल पब्लिकेसनले डिस्कभरी नेपाल पोखरा इडिसनको प्रकाशन सुरु गरेको हो ।

पोखरा आउने पर्यटकहरुका पर्यटन क्षेत्रका समाचारहरु दिने लक्ष्य सहित म्यागेजीनको प्रकाशन सुरु गरेको प्रकाशक डा. अमृत बरालले जानकारी दिए । उनले पोखराको पर्यटकीय क्षेत्र, पदयात्रा, खाने बस्ने ठाउँ लगाएका क्षेत्रको जानकारी समेटेर प्रकाशन गरेको बताए ।

पत्रिकाको सम्पादकमा अमेरिकन नागरिक मालिया दर्वान रहेकी छन् । त्यसै गरि सह सम्पादनकमा आशिका शर्मा रहेकी छन् । पत्रिकाको मंगलबार पोखरामा सार्वजनीक गरीएको छ । पत्रिकालाई निःशुल्क बाड्ने सहसम्पादक शर्माले बताइन् ।

कमेन्टहरु
Loading...