पोखराको दिपाङ तालमा डुबेर एकको मृत्यु

पोखरा, १४ बैशाख / पोखराको दिपाङ तालमा माछा मार्ने क्रममा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

तनहूँ घर भई पोखरा ३० सिशुवा बस्दै आएका १७ बर्षिय समिर गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राती माछा मार्न गएका उनी तालमा डुबेका थिए ।

माछा मार्न हिडेका उनी घर नफर्केपछि परिवारले खोजतलास गर्ने क्रममा मृत भेटिएका हुन् ।

उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...