शुभम पत्रकारिता पुरस्कारबाट बराल सम्मानित, सहकारीमा राजनीतिक हस्तक्षेप अध्यक्षः ढकाल

पोखरा, ५ असोज/ शुभम पत्रकारिता पुरस्कारबाट दीननाथ बराल सम्मानित भएकाछन्। पोखराको न्यूरोडमा रहेको शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सातौं बार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव समेत रहेका पत्रकार बराललाई सम्मान गरेकोे हो ।

रेडियो अन्नपूर्ण, पोखरा न्यूज डटकम, आर्थिक कारोवारमा आबद्ध बरालले आर्थिक पत्रकारितामा उल्लेखनिय रुपमा योगदान पु¥याएको भन्दै सहकारीले उक्त पुरस्कारबाट शनिबार सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकाल, सहकारीका अध्यक्ष बिष्णुहरी न्यौपानेले बराललाई सम्मानपत्र, दोसल्ला, फुलमाला सहित नगद ११ हजार १ सय ११ रुपैयाले सम्मान गरेका हुन्। बराल विगत १६ बर्ष देखि पोखरामा पत्रकारिता गर्दै आएकाछन्।

यसैबिच, उत्कृष्ट कारोवार गर्ने सुर्यप्रसाद शर्मा तिमिल्सिना र श्याँमसुन्दर ढकाल सम्मानित भएकाछन् भने ज्येष्ठ शेयर सदस्यबाट कृष्ण बहादुर थापा क्षेत्री र धनमाया भुजेल, उत्कृष्ट कर्मचारीबाट अम्मर बहादुर नेपाली र सन्तोस नेपाली सम्मानित भएका हुन्। कार्यक्रमका वोल्दै जिल्ला बचत संघ कास्कीका अध्यक्ष ढकालले सरकारले सहकारीलाई मर्जमा जान आव्हान गर्ने तर स्थानिय तहमा फेरी नयाँ दर्ता दिनु बिरोधाभाष भएको बताए ।

राजनीतिक पार्टीका कार्यकर्ताको सहकारीमा प्रबेशले हस्तक्षेप गर्दा डरलाग्दो स्थिती सृजना हुने भएको उनले दाबी गरे । सहकारीमा प्रबेश गर्दा राजनीतिक जुत्ता बाहिर राखेर प्रबेस गर्न उनले आग्रह समेत गरे । नेपालको हालको सहकारी ऐन तथा कानुनहरु करिब ३० प्रतिशत जसो परिवर्तन गर्नुपर्ने अध्यक्ष ढकालले बताए । सरकारले सहकारीलाई अधिकत्तम १६ प्रतिशतमा कर्जा लगानी गर्न दिएको निर्देशनले केही सहकारीलाई यसले असर पार्ने भएको बताए ।

कास्की बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक रुद्रनाथ पौडेलले यही असोज मसान्त भित्र कुनै सहकारीका संचालकहरु अर्को कुनै सहकारीको शेयर सदस्यमा नबस्न आग्रह गरे । सहकारीका अध्यक्ष बिष्णुहरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष चुडामणि बराल, शितल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी प्रसाद लम्साल, शेयर सदस्य तिर्थसिंह ठकुरी, उपाध्यक्ष सुर्यप्रसाद पौडेल, सचिव तोयनाथ आचार्य लगायतले सहकारीलाई राज्यले अझै पनि ध्यान दिन नसकेको गुनासो गरेका थिए ।

कमेन्टहरु
Loading...