पोखराको ढुंगेसाँघुमा माघे संक्रान्ति मेला

1,359

पोखरा, १ माघ / पोखराको ढुंगेसाँघुमा परापुर्वकाल देखी सञ्चालन हुर्दै आएका माघेसंक्रान्ति मेला यस वर्ष पनि भिड् लागेको छ ।

ऐतिहासिक मेलामध्ये एक रहेको पोखराको ‘ढुंगेसाँघु मेला’ मा पोखरा र आसपासका क्षेत्रबाट विभिन्न भक्तजनहरु सेती नदीमा नुहानका लागि आउने गर्दछन् ।

पोखरा १७ महतगौंडामा हुने ढुंगेसाँघु मेला क्षेत्रकै पुरानोमध्ये एक भएको स्थानीयहरु बताउ छन् बालकदेखि वृद्धासम्म मेला हेर्नका लागि आउने गर्दछन् ।

मेलामा लत्ताकपडादेखि लिएर डालो, नाङ्लो, कुटो, कोदालो, भकारी, लगायतका घरायसी प्रयोगका सामानहरुको मेलामा किनमेला लागि राखिने गरेको छ ।

सेती नदिमा माघेसंक्रान्ति नुहाए पछि घर फर्किदा स्थानीय उत्पादनहरु खरिद गरेर लैजाने पुरानो चलन भएको स्थानीहरु बताउ छन् । मेलामा विभिन्न खेलकुदका प्रतियोगिता समेत हुने गर्दछन् ।