ढिकुरपोखरीको गाउँ परिषद् स्थगित, गाविसमा तालाबन्दी

पोखरा, २६ पुस /ढिकुरपोखरी गा.वि.स.मा स्थानीय जनताको भावना विपरित राजनैतिक दलका केही नेताहरुले राज्य पुनःसंरचना अन्तर्गत ढिकुरपोखरी गाविसलाई पोखरा–लेखनाथ महानगरपालिकामा समायोजन गर्न असहयोग गरेको भन्दै निर्णय तुरुन्त सच्याउनु पर्ने माग राखेका छन् ।

जनताहरुले गाविसमा तालाबन्दी बन्दी गरि गाउँ परिषद् स्थगित गरेका छन् । मंगलबार हुन गइरहेको गाउँ परिषद् स्थगित गराएका छन् । भौगोलिक संरचना, सुगमता, पूर्वाधार निर्माण भैसकेको यस गाविसलाई महानगरपालिकामा समायोजन गर्न यस अघि विभिन्न विरोधका साथै स्थानीय विकास अधिकारी, स्थानीय विकास मन्त्री साथै प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकिएको संघर्ष समितिका नेता तथा तरुण दल पूर्व केन्द्रीय सदस्य भरतजंग कुँवरले जानकारी दिए ।

मंगलबार हुन गइरहेको गाउँ परिषद्मा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र विप्लव माओवादी समर्थक नेता तथा कार्यकर्ताले मञ्च नियन्त्रण गरी तुरुन्त उक्त निर्णय सच्याउन गा.वि.स.का केही सीमित नेताहरुलाई खबरदारी र स्थानीय विकास अधिकारी कास्की समक्ष जोडदार माग राखेको संघर्ष समिति संयोजक चुडामणि अधिकारीले बताए । उक्त निर्णय नसच्चिएसम्म गाउँ परिषद् हुन नदिने समेत जानकारी दिए ।

कमेन्टहरु
Loading...